
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–७ स्थित पृथ्वी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस सोमबार राति दुर्घटनामा परेको थियो। दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको निधन भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएकी काफ्लेको उपचारका क्रममा महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा आइतबार राति निधन भएको हो।
दुर्घटनामा घाइतेमध्ये पाँच जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा, नौ जनाको प्रहरी अस्पतालमा, र आठ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
कमेन्ट गर्नुहोस्
