निरन्तर बढ्दै सुनको मूल्य, आज १ लाख ७० हजार नाघ्यो

Share:

काठमाडौँ । सुनको मूल्यको वृद्धिले आज पनि निरन्तरता पाएको छ। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ कायम थियो। त्यसदिन सुनको मूल्य १४ सय रुपैयाँले बढेको थियो।

सुनको मूल्य बढेतापनि आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ।

कमेन्ट गर्नुहोस्
Share: