आहा रारा गोल्डकप: पहिलो सेमिफाइनलमा आज पुलिस र चर्च ब्वाइज भिड्दै

Share:

पोखरा । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दैछन्।

पोखरा रगंशालामा हुने खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ। ६ पटकको च्याम्पियन पुलिस क्लब चर्च ब्वाइजलाई हराउँदै फाइनल यात्रा तय गर्न चाहन्छ।

पुलिस क्लबले क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २-० ले हराउँदै फाइनलमा स्थान बनाएको होे। पुलिस क्लबले पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० ले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो।

चर्च ब्वाइज भने पुलिस क्लबलाई पाखा लगाउँदै उपाधि होड बलियो बनाउन चाहन्छ।क्वार्टरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइज आजको खेलमा अर्को विभागीय टोली पुलिसलाई पाखा लगाउने रणनितिामा हुनेछ।

चर्च ब्वाइजले प्रि-क्वार्टरफाइनलमा एनआरटीलाई सडनडेथमा हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो। प्रतियोगिताको २४ औँ संस्करणको सेमिफाइनल समिकरण पूरा हुँदा ४ वटा च्याम्पियन बाहिरिसकेका छन्।

पुर्व विजेता थ्रीस्टार र नेपाल पुलिस क्लब मात्र यो संस्करणको उपाधि होडमा छन्। प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

कमेन्ट गर्नुहोस्
Share: