
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो।
मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको थियो ।
यसैबीच मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
