विद्यार्थीलाई गालामा पन्यु डामेको आरोपमा शिक्षिका पक्राउ

Share:

पोखरा। तनहुँको भिमाद स्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिका सुष्मा श्रेष्ठलाई विद्यार्थीमाथि शारीरिक दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

श्रेष्ठले कक्षा ४ मा अध्ययनरत १० वर्षीय प्रमिश परियारसहित चार जना विद्यार्थीलाई तातो पन्युले गालामा डामेको आरोपमा पक्राउ परेकी हुन्।

विद्यार्थीहरु हल्ला गरेको र आफूलाई जिस्क्याएको भन्दै अनुशासन कायम गर्ने नाममा उनले विद्यार्थीलाई डामेको प्रहरीले बताएको छ।

३२ वर्षीया श्रेष्ठ विद्यालयका प्रधानाध्यापक कृष्णदेव श्रेष्ठकी छोरी हुन्। हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: