
आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला २३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।
आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँ कायम थियो। सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ।
चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ।
कमेन्ट गर्नुहोस्
