पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टीतेलको मूल्य घट्यो

490
0
Share:

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। डिजेल तथा मट्टीतेलको मूल्य घटेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ४ रुपैयाँ घटेको छ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुनेछ। नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोलको १६८ रुपैयाँ तथा डिजेल र मट्टीतेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ।

कमेन्ट गर्नुहोस्
Share: