सगरमाथा स्कुलले मनायो १८ औँ वार्षिकोत्सव

Share:

पोखरा। पोखरा महानगरपालिका-४ मा अवस्थित सगरमाथा निकेतन स्कुलले आफ्नो १८ औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाएको छ।

विद्यालय प्राङ्गणमा वार्षिकोत्सव समारोह आयोजना गरिएको थियो। सो समारोहको कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले दीप प्रज्वलन गरी उद्घाटन गरे।

सो अवसरमा बोल्दै आचार्यले विद्यालयमा सैद्धान्तिकसँगै खोजमुलक र व्यावहारिक ज्ञान विद्यार्थीलाई दिनुपर्ने आवश्यकता औँल्याए। उनले शिक्षण सिकाईसँगै संस्कृतिको विकासमा समेत जोड दिए।

विद्यालयका प्राचार्य दिलिप कुमार शर्मा भट्टराईले विद्यालयले उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको बताउँदै अतिरिक्ति क्रियाकलापमा समेत जोड दिइएको बताए। ‘विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा अभिभावको समेत उत्तिकै साथ र सहयोग आवश्यक हुन्छ। आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेका छौँ’, प्राचार्य शमाले भने।

विद्यालयका संस्थापक अध्यक्ष हरिप्रसाद त्रिपाठीले बालबालिकाको पहिलो पाठशाला आफ्नो घर रहेकाले अभिभावकले बालबालिकाको सिकाईमा विशेष ध्यान दिन आग्रह गरे। कार्यक्रममा अभिभावकको तर्फबाट गीता सिग्देलले मन्तव्य व्यक्त गर्दै उत्कृष्ट विद्यार्थी उत्पादनमा अभिभावकको समेत दायित्व रहेको बताइन्।

वार्षिकोत्सव सहारोहमामा विद्यालयमा लामो समय योगदान दिने शिक्षकहरु अञ्जु सुवेदी, अर्मिला श्रेष्ठ, दीपा आचार्य, सुरज पौडेल, चिनमाया रेग्मी र जयाश्री ताम्राकारलाई नगदसहित दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो।

त्यसैगरी विभिन्न विधामा पूर्ण छात्रवृत्ति पाउन सफल पूर्व विद्यार्थीहरु प्रविन पौडेल, सौरभसिँह थापा, निश्चल जिसी, यमन थापा, अंकित बडगामी, दिपीका बस्याल, सिर्जनविक्रम थापा, अभिषेक पौडेल, विहान कोइराला, कृष्ण पाण्डे र विनम्र कोइरालालाई समेत सम्मान गरिएको थियो।

समारोहमा कक्षा नर्सरीदेखी कक्षा १० सम्म वार्षिक परिक्षामा प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीलाई ट्रफी सहित सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरुले नाटक, भजन, गीत तथा नृत्यका माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए। २०६२ मा स्थापना भएको सगरमाथा निकेतन स्कुलमा ८ सयको संख्यामा विद्यार्थी अध्ययनरत छन्।

कमेन्ट गर्नुहोस्
Share: