फोर्ड कम्पनीको कार खस्यो काठमाडौँको धोबिखोलामा

362
0
Share:

काठमाडौँ। धोबिखोलामा एउटा कार खसेको छ। मदन भण्डारी कलेज छेउमा कार खसेको सिंहदरबार वृत्तका डीएसपी गंगा पौडेलले जानकारी दिए। बा २१ च ६६१४ नम्बरको कार आइतबार साँझ धोबिखोलामा खसेको हो।

घटनामा कारमा सवार व्यक्तिलाई सामान्य मात्रै चोटपटक लागेको छ। मदन भण्डारी कलेज नजिकै कार उत्तानो परेको अवस्थामा देखिएको छ।

पछिल्लो समय फोर्ड कम्पनीको गाडीको दुर्घटना बढिरहेको छ। गत वर्ष मातातिर्थको उकालोमा ब्याक हटेर दुघर्टनाग्रस्त हुँदा मैतिदेवीका एक डाक्टरका परिवार शोकमा परेको थियो ।

यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: