पोखरा-६ बैदामको रास्वपा सभापतिमा माधव पहारी चयन

650
0
Share:

कास्की। राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरा-६ बैदाममा हालै सम्पन्न भेलाले वडा समिति गठन गरेको छ। स‍ो समतिको सभापतिमा माधव पहारी चयन भएका छन् भने उपसभापतिमा अनुराधा श्रेष्ठ र  सचिवमा शिव पौडेल चयन भएका छन्। साथै सदस्यहरूमा लक्ष्मण लामिछाने, मनिषा श्रेष्ठ, धमेन्द्र गिरी, मनहरी चालिसे, खीम लामिछाने र शोभा बास्तोला चयन भएका छन्।

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा आयोजित भेलालाई रास्वपा सांसदद्वय हरि ढकाल र शिव नेपालीले सम्बोधन गरेका थिए। साथै, रास्वपाका गैरआवासीय विभागका केन्द्रीय सदस्य विष्णु एकता, अनुशासन आयोग गण्डकी प्रमुख योगेन्द्र केसी, संगठन विभाग गण्डकीका सचिव एकराज न्यौपाने, कास्की जिल्ला सभापति यदुनाथ अधिकारी, पोखरा नगर सचिव नरेश रेग्मी र स्थानिय अगुवाहरू गिरीराज अधिकारी र गुरुदत्त  पहारी लगायतले मन्तव्य राखेका थिए।

यतिखेर कास्कीको रास्वपा पोखराका विभिन्न वडा र गाउँपालिकामा संगठन निर्माणमा केन्द्रीत रहेको रास्वपा कास्कीका सचिव दीपेन्द्र पोखरेल बादशाहले बिगखबरलाई बताए। आगामी फागुन १० गते एकै दिनमा पोखरा वडा नं. ५ र २७ मा रास्वपाको वडा समिति गठनको स्थानिय भेलाको आयोजना गरिएको बादशाहले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: