पाँचथरको फाल्गुनन्द-३ का वडाध्यक्ष सुखबिर नेम्वाङको निधन

223
0
Share:

पाँचथर । पाँचथरको फाल्गुन्द गाउँपालिका-३ का वडाध्यक्ष सुखबिर नेम्वाङको ५६ वर्षको उमेरमा निधन भएको छ। नेम्वाङ नेपाली कांग्रेसको फाल्गुनन्द गाउँपालिका सभापतिसमेत थिए।

राज्यको पुनःसंरचनापश्चात २०७४ सालमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित उनी २०७९ सालमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए।

पछिल्लो समय उनलाई मुखको क्यान्सर भएको थियो। क्यान्सरकै कारण उनको निधन भएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले बताए।

लामो समयसम्म भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरेपछि उनलाई अस्पतालले फिर्ता पठाएसँगै माघ तेस्रो साता फाल्गुनन्द- ३ स्थित पौवासारतापमा रहेको घर ल्याइएको थियो।

कमेन्ट गर्नुहोस्
Share: