
पोखरा। नेपाली काँग्रेस कास्कीमा विभिन्न पाँच वटा शाखा विस्तार गरिएको छ। कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले काँग्रेसको विद्यान एवं नियमावली अनुसार शाखा विस्तार गरेका हुन्।
यसअघि गठन गरिएका शाखाहरु जिल्ला कार्यसमितिको बैठकले विघटन गरेपछि पाँच वटा शाखा विस्तार गरिएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए।
विस्तारित शाखाहरुमा बाबुराम गिरीको संयोजकत्वमा उद्योग वाणिज्य समन्वय शाखा, विकास थापाको संयोजकत्वमा भातृ संस्था समन्वय शाखा, सुरेन्द्र अधिकारीको संयोजकत्वमा शुभेच्छुक संस्था समन्वय शाखा, धनमाया गुरुङको संयोजकत्वमा जनप्रतिनिधि समन्वय शाखा र अर्पण कोइरालाको संयोजकत्वमा अपाङग समन्वय शाखा रहेका छन्।
अन्य शाखाहरु पनि क्रमिक रुपमा थप गर्दै लगिने छ।
