
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले निर्माण गरिरहेको भ्यु टावरमा विद्युत् प्राधिकरणले बिजुली काटेको छ। राजधानीको रत्नपार्कस्थित प्राधिकरणसँगै जोडिएको निर्माणाधीन भ्यु टावरमा बिजुली काटिएको हो।
भ्यु टावर निर्माणमा कार्यरत मजदुरहरूका अनुसार विगत १५ दिनदेखि त्यहाँ बिजुली काटिएको हो। पार्किङमा समेत बत्ती नहुँदा मोबाइलको बत्ती बालेर निस्कनुपर्ने अवस्था रहेको उनीहरूले बताए।
भवन रेखदेख गर्न बसेका कर्मचारीहरूले पानी र बिजुली नहुँदा सास्ती खेपिरहनुपरेको बताएका छन्।
कमेन्ट गर्नुहोस्
