रुख कटानसहित जनसरोकारका विषयमा सरकारी निकाय गम्भीर बन्न प्रमुख पौडेलको आग्रह

Share:

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले रुख कटानसहित जनसरोकारका विषयमा सरकारी निकाय थप गम्भीर र जबाफदेही बन्न आग्रह गरेको छ ।

सार्वजनिक सेवा प्रदायक सरकारी निकाय र कार्यालयहरू आफ्नो कर्तव्य र दायित्वबाट पन्छीएर उदासिन बनेको जन गुनासो बढेको भन्दै नियम कानुनको कडाइका साथ पालना गर्दै कार्य सम्पादन गर्नुको विकल्प नरहेको उल्लेख गरे ।

प्रमुख पौडेलले जुनसुकै निकायले कानुन र नियमको बर्खिलापमा उत्रिएको सन्दर्भ साम्य नहुने भन्दै कारबाहीको भागिदार हुनुपर्ने चेतावनी दिए ।

पौडेलले सो कुरा जिल्ला समन्वय समिति कास्कीले बिहीवार आयोजना गरेको पोखरा महानगरपालिकामा वर ,पिपल र समिका रुख कटान सहित जनसरोकारका बिषयमा सरकारी निकायका प्रमुख तथा प्रतिनिधि सम्मिलित समन्वय बैठकमा सो कुरा बताए ।

प्रमुख पौडेलले सरोकारवाला केही निकायहरू समन्वय बैठकमा अनुपस्थित हुँदा ती निकायहरू जनसरोकारका बिषयमा गैर जिम्मेवार र उदासिन रहेको थप पुष्टि गरेको जिकिर गर्दै यसले आफू र आफ्नो निकाय थप चिन्तित बनेको उल्लेख गरे।

कार्यक्रममा कास्कीस्थित केही स्थानिय र सरोकारवाला निकायका केही प्रतिनिधि सहित नागरिक समाजको समेत उपस्थिति रहेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: