
पोखरा। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट अस्वस्थ भएका छन्।
सुदूरपश्चिम भ्रमण गरी फर्किएका भट्टलाई चिसोको कारण श्वासप्रश्वासमा समस्या भएपछि महेन्द्रपुल स्थित ॐ हस्पिटलमा भर्ना भएको उनको सचिवालयले जनाएको छ।
उनको स्वास्थ्य अवस्था स्थिर रहेको र वरिष्ठ छाती रोग विशेषज्ञ डा. सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीले उपचार गरिरहेका छन्।
कमेन्ट गर्नुहोस्
