
पोखरा । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ मा रहेको चुनपहरा सडक खण्ड एक महिनाका लागि आंशिक रुपमा बन्द हुने भएको छ। चुनपहरामा सडक निर्माणको कामलाई तिब्रता दिनका लागि (आज) शुक्रबारदेखि गतेदेखि चैत ९ गतेसम्मका लागि सडक आंशिक रुपमा बन्द गर्न लागिएको हो।
यातायात कार्यलय बिमलनगरदेखि नयाँ पुलसम्मको करिब ५ सय मिटर सडक खण्ड आवश्यकता अनुसार समय-समयमा ४५ देखि एक घन्टाको लागि बन्द गरिने मुग्लिन पोखरा सडक आयोजनाले जनाएको छ।
साना सवारीसाधन तथा मोटरसाइकलहरुले वैकल्पिक मार्गको रुपमा विमलनगर-मर्स्याङ्दीपुल-कुमाल गाउँ-नयाँ पुलको बाटो प्रयोग गर्न सक्नेछन्।
यस्तै, ठूला सवारी साधनहरुले सवारी रोक्दा, सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्न, साइन बोर्ड, ट्राफिक प्रहरी लगायतको निर्देशन पालना गर्न आयोजनाले अनुरोध गरेको छ।

