पोखरा- ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यलयले कृषकहरुलाई लहरे बालीको बीउ वितरण गरेको छ। कार्यालय सोमबार एक कार्यक्रमको आयोजना गरी पोखरा महानगरपालिका वडा नम्बर ३१ को कृषि सञ्जालमार्फत वडाभित्र रहेका किसानहरुलाई लहरे तरकारी बालीको बिउ हस्तान्तरण हो।

कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा आमा समुह, टोल विकास संस्था र कृषि समुहलाई लहरे तरकारी बालीको बिउ हस्तान्तरण गरिएको कृषि सञ्जाल पोखरा-३१ का अध्यक्ष केशबराज तिवारीले जानकारी दिए।

उनका अनुसार न्यु नारायणी जातको घिरौला,भक्तपुरे लोकल कॉक्रो, पाली जातको करेला, डबल हार्भेष्टको तुने बोडी, प्रकासे बोडी, घ्यु सीमी, लौका, र चिफ्ले भिन्डी गरी १ लाख ५० हजार बराबरको बिउ वितरण गरिएको छ।

४८ वटा समुहलाई हस्तान्तरण गरिएको बिउ ती समुहमार्फत हरेक कृषकको घर-घरमा पुर्याईएको उनको भनाई थियो। बिउ हस्तान्तरण कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कडेलले किसानको जीवनस्तर उकास्नको लागि र जिविकोपार्जनमा सहयोग पुर्याउने उद्धेश्यकोसाथ बिउ वितरण गरिएको बताए।

उनले यो बिउलाई सही सदुपयोग गरेर आफूलाई खाने तरकारी उत्पादन गरी बाँकी भएको तरकारी बिक्री वितरण गरी आयआर्जन गर्न समेत आग्रह गरे। पोखरा महानगरपालिका ३१ कृषि सञ्जालका अध्यक्ष केशबराज तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा कार्यलयका सुचना अधिकारी माधबराज तिमिल्सिनाले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: