बडिगाडमा पिकअप जीप दुर्घटना, एकजनाको ज्यान गयो

Share:

पोखरा। बडिगाड गाँउपालिकाका वडा नं. ९ मा पिकअप जिप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ। गाँउपालिकाका पालिका हवलदार कमल रानाका अनुसार ७५ वर्षिय खड्क बहादुर कुँवरको ज्यान गएको हो।

घाइते कुँवरको बुर्तिबाङ अस्पतालमा उपचारको क्रममा ज्यान गएको रानाले बताए । यस्तै, ३५ वर्षिय जुना कँडेलको अवस्था गम्भिर छ भने दुर्घटनामा घाईते ६३ वर्षिय तेज कुमारी बुढालाईलाई थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।

बडिगाड गाँउपालिका-७ भिमगिठेबाट खहरे जाँदै गरेको पिकअप जिप आज साँझ सार्कीपाटा घुम्तीमा दुर्घटना भएको हो। घटनामा घाईते अन्य चार जनाको भने बुर्तिबाङ अस्पतालमा उपचार भईरहेको छ । घटनाको कारण खुलेको छैन।

कमेन्ट गर्नुहोस्
Share: