सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Share:

नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको हो।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३ सय रुपैयाँ थियो। बुधबार भने घटेर तोलामा १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको हो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ९ सय ४० रुपैयाँ कायम भएको हो।

कमेन्ट गर्नुहोस्
Share: