सुडानमा सैन्य विमान दुर्घटना, ४६ जनाको मृत्यु

200
0
Share:
sudan

कायरो | सुडानको ओमदुरमान शहरमा भएको सैन्य विमान दुर्घटनामा कम्तीमा ४६ जनाले ज्यान गुमाएका छन्। सुडानका सेना तथा स्वास्थ्य अधिकारीहरूले उक्त जानकारी दिएका छन्।

सेनाले जारी गरेको विज्ञप्तिअनुसार ‘एन्टोनोभ’ विमान मंगलबार अबेर वादी सैयदना एयरबेसबाट उड्ने क्रममा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा सैनिक र सर्वसाधारणको मृत्यु भएको छ, तर सेनाले मृतकको संख्या खुलाएको छैन।

स्वास्थ्य मन्त्रालयले प्रारम्भिक रूपमा कम्तीमा १९ जनाको मृत्यु पुष्टि गरेको छ भने दुई बालबालिकासहित पाँच जना घाइते भएका छन्। घाइतेलाई अस्पताल भर्ना गरिएको छ।

सुडानमा २०२३ देखि सेना र अर्धसैन्य समूह ‘र्‍यापिड सपोर्ट फोर्स’ बीचको द्वन्द्वका कारण गृहयुद्ध चलिरहेको छ।

दुर्घटनाग्रस्त विमान ग्रेटर खार्तुमको एक भाग रहेको उत्तरी ओमदुरमानको वादी सैयदना सैन्य विमानस्थलबाट उडेको थियो। दुर्घटनामा १० जना अन्य घाइते भएको जानकारी पनि सार्वजनिक भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार विमान ओमदुरमानको करारी जिल्लामा एक घरमा खसेको थियो। दुर्घटनाका कारण शक्तिशाली विस्फोट भएको र धेरै घरमा क्षति पुगेको छ। साथै, आसपासका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

कमेन्ट गर्नुहोस्
Share: