
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षिया श्रेष्ठको आज बिहान उपचारको क्रममा महाराजगञ्जस्थित प्रहरी अस्पतालमा निधन भएको हो ।
श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन् । उनको आजै बेलुकी पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने बताइएको छ ।
बिरामी भएकी उनी केही दिनदेखि प्रहरी अस्पतालमा उपचाररत थिइन् । सघन उपचारकक्ष (आईसीयु) मा उपचार गराई स्वास्थ्यमा सुधार भएपछि उनलाई वार्डमा सारिएको थियो। वार्डमै उपचाररत रहँदा निधन भएको हो ।
उनी ३ बैशाख २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । २० जेठ २०६५ मा उनले अवकाश पाएकी थिइन् ।
कमेन्ट गर्नुहोस्
