काठमाडौँमा हल्का बर्षा, हिमाली भेगमा हिउँ, हेर्नुहोस् कुन प्रदेशको मौसम कस्तो ?

282
0
Share:

काठमाडौँ । आज बिहानदेखि नै देशभर बादल लागेसँगै केही स्थानहरुमा अहिले पानी परिरहेको छ। केही स्थानहरुमा पानीसँगै हिउँ पनि परिरहेको छ। काठमाडौंँ उपत्यककामा पनि अहिले हल्का बर्षा भएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बदली भएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।

गएरातिदेखि डडेल्धुरासहित सुदुरपश्चिममा पानी परेको छ। पश्चिमी वायुको प्रभावसँगै डडेल्धुरासहित सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा पानी परेको हो । लामो समयदेखि बर्षा नहुँदा चिन्तित बनेका किसानहरु पानी परेपछि खुशी भएका छन्।

बर्खे तरकारी लगाउँने समय भएकाले तरकारी खेती गर्ने किसानहरु उत्साहित भएका हुन्। सिँचाई सुविधा नभएका स्थानका किसानहरु बर्षा भएपछि तरकारी लगाउँनका लागि सहज हुनुका साथै आलु उम्रने समय भएकाले राम्रो उत्पादन हुने भन्दै उत्साहित बनेका छन्।

सुदुरपश्चिमका डडेल्धुरा, बैतडी लगायतका जिल्लामा बर्खे तरकारीबाली लगाउँने किसानहरुको संख्या बढ्दै गईरहेको छ। डोटीमा पनि हिउँदे बर्षासँगै हिउँ समेत परेको छ। खडेरीले बाली सुक्दै गएका बेला लामो समयपछि हिँउदे बर्षा तथा हिमपात हुँदा किसान निकै हर्षित बनेका छन्।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति यस्तो छ वर्षा र हिमपात हुने सम्भावना-

कोसी प्रदेश: राति हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाका साथै हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।

मधेस प्रदेश: तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।

बागमती प्रदेश: राति हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाका साथै हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।

गण्डकी प्रदेश: राति हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।

लुम्बिनी प्रदेश: राति पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कर्णाली प्रदेश: राति हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश: राति हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

कमेन्ट गर्नुहोस्
Share: