सेनाका जवानले आफ्नै घरमा आगो लगाएपछि…

298
0
Share:

काठमाडौँ। दार्चुलामा सेनाका जवानले आफ्नै घरमा आगो लगाउँदा लाखौंको क्षति भएको छ।महाकाली नगरपालिका वडा नम्बर ३ बाँजका २८ वर्षीय गौर सिंह महराले बिहीवार (हिजो) राती आफ्नै घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए।

उनका अनुसार आगलागीबाट ढुङ्गा र काठले बनेको दुई तले, ६ कोठाको घर पूर्णरूपमा जलेर नष्ट भएको छ। आगो लगाउने ती युवक नेपाली सेनामा कार्यरत जवान रहेको बताइएको छ। बिदामा घर आएको बेला आगो लगाएको जनाइएको छ।

हाल उनको मानसिक अवस्था सन्तुलन नरहेको एक स्थानीयले बताए। यस्तै आगलागीबाट गोठमा रहेका २ वटा गाई, ३ बाच्छा, ३ बाख्रा, एउटा बोका र २ कुकुर गरि ११ पशुचौपाया मरेको प्रहरीले जनाएको छ।

घटनामा प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। आगलागीबाट घरमा भएका लत्ताकपडा, अन्नपात लगायत सबै समान जलेर नष्ट भएको छ। घरमा आगजनी गर्ने महरालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले छ।

कमेन्ट गर्नुहोस्
Share: