
बैतडीमा गाउँकै नाता पर्ने दाईले भाईको गोली हानी हत्या गरेको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका-८ का अन्दाजी ४५ वर्षका कर्ण विष्टले गोली हानी अन्दाजी २५ वर्षका सुरेन्द्र बिष्टको हत्या गरेको हो।
लेनदेनको विषयमा विवाद हुँदा कर्णले शनिबार राती करिब साढे ७ बजेको समयमा गाउँकै भाइ नाता पर्ने सुरेन्द्रलाई गोली प्रहार गरेका थिए। गोली प्रहार गर्ने कर्ण फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सुरेन्द्रको पेटमा गोली लागेको थियो। उनको उपचारको लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्तले बताएका छन्। अहिले उनको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ भने यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
कमेन्ट गर्नुहोस्
