
बैतडीको दोगडाकेदार गाउँपालिका- ८ कालागाउँका सुरेन्द्र बिष्ट जीप व्यवसायी हुन्। गाउकै स्थानीय बजार चौसिलाबाट दोगडाकेदारको खोचलेक, सिल्लेगडा, बैतडी सदरमुकामसम्म ओहोरदोहोर गर्ने गरेका थिए।
सदाझै शनिबार दिउँसो गाडी हाकेर साझ स्थानीय बजार चौसिलामा गाडी रोकेका उनले गाउँकै दाइ नाता पर्ने कर्ण बिष्टसँग भेट हुन्छ ।
स्थानीयका अनुसार कर्णसँग सुरेन्द्रले केही पैसा लिनु थियो। त्यो पैसा माग्ने विषयमा नै विवाद भयो। केही बोलाबोलको स्थिति भएपछि कर्ण घर गएर बन्दुक लिएर आउछन्।
त्यही बेला सुरेन्द्र खाना खाइरहेका थिए। बन्दुक तेर्साएर कर्णले सुरेन्द्रको पेटमा गोली बर्साउछन।
“अरुहरुलाई भाग भनेछन्, सुरेन्द्रको पेटमा गोली हानेर भागेको देखिन्छ” घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले भने ।
कर्ण बन्दुक लिएर भागेपछे त्यो होटलमा सँग रहेका साथीभाइहरुले सुरेन्द्रलाई उपचारको लागि अस्पताल ल्याएका थिए। जिल्ला अस्पताल बैतडी लैजाने क्रममा सुरेन्द्रको बाटोमै मृत्यु भएको थियो । “समयमा अस्पताल पुर्याउने कोसिस गरिएकै हो, तर बाटोमै अस्ताए,” आफन्त प्रकाश बिष्ट भन्छन्।
आफ्नै गाडी चलाएर व्यवसाय गरिरहेका सुरेन्द्रले गत वर्ष मात्रै प्रेम विवाह गरेका थिए। गाउँमा अहिले त्रासको अवस्था सिर्जना भएको छ। बन्दुकसहित फरार भएका कर्ण फेला परेका छैनन्। खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
