पोखरामा गण्डकी प्रदेशका ११ जिल्लाका पदाधिकारीको दुई दिने क्षमता विकास तालिम

Share:

पोखरा। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वयमा गण्डकी प्रदेशका ११ जिल्लाका पदाधिकारी तथा सदस्यहरूको लागि दुई दिने क्षमता विकास तालिम सोमबार पोखरामा सुरु भएको छ।

तालिमको उद्घाटन जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष लिलाधर पौडेलले गरेका थिए। पौडेलले समन्वय र अनुगमनलाई थप सहयोग र सहजीकरण सहित क्षमता विकास गर्ने उद्देश्यले विगत तीन बर्षदेखि लगातार तालिम आयोजना गरिएको भन्दै प्रभाबकारी र सक्रियताका साथ सहभागी हुन आग्रह गरे।

पौडेलले क्षमताको विकास निरन्तर हुनुपर्ने बन्दै समयानुकूल परिमार्जित र परिश्कृत तवरले कार्य सम्पादनमा तालिम फलदायी हुने विश्वास व्यक्त गरे। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रतिष्ठानको स्थापना कालदेखि करिब १८ हजार कर्मचारी र जनप्रतिनिधिलाई क्षमता विकासका तालिम सञ्चालन गरिएको जानकारी दिँदै तालिम प्रभावकारी कार्यक्षमतामा उपयोगी भएको उल्लेख गरे।

प्रशिक्षणमा जिल्ला समन्वय समितिको काम कर्तव्य र अधिकार सम्बन्धि व्यवस्था र यसको कार्यान्वयनको अवस्था,अनुगमन तथा मुल्यांकन सम्बन्धि कानुनी व्यवस्था विकास र यसमा आएको परिवर्तन र जिससको भुमिका,स्थानीय तहको योजना तर्जुमा र कार्यान्वयन प्रक्रिया र जिससको भुमिका, शासकीय क्षमता अभिबृद्दीका आयामहरू र जिसस को भुमिका, सुशासनका औजारहरू, अनुगमन तथा मुल्यांकनका औजारहरू स्थानीय आर्थिक विकासको अवधारणा र जिसस को भुमिका विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ।

गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख,उप-प्रमुखसहित सदस्यहरू सहभागी प्रशिक्षणमा नेपाल सरकारका पूर्वसचिवद्वय काशिराज दाहाल र रेश्मीराज पाण्डेसहितले सहजीकरण गरेका छन्। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत प्रतिष्ठानका उप-सचिव नारायण प्रसाद पौडेलले र सञ्चालन शाखा अधिकृत जित बहादुर रानाले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: