
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे अनिर्णित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानबारे आज कुनै निर्णय नगरेको एक मन्त्रीले बताए।
बरु बैठकमा राजावादीले गरिरहेको गतिविधिबारे चर्चा भएको ती मन्त्रीको भनाइ थियो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको सक्रियताबारे बैठकमा धारणा राखेको ती मन्त्रीको भनाइ थियो। यद्यपि उनले राजावादीको सक्रियताको औचित्य नभएको भन्दै नतिजा निस्कनेगरी काम गर्न निर्देशन दिएका थिए।
कुलमानको हकमा भने सामान्य चर्चाबाहेक केही नभएको र सम्भवतः अर्को बैठकमा छलफल हुने उनको भनाइ छ। सरकारले कुलमानलाई हटाउने उद्देश्यले यसअघिको मन्त्रिपरिषद्बाट स्पष्टीकरण सोधेको थियो । जसको जवाफ उनले आइतबार बुझाएका थिए।
