
पोखरा । पोखरा महेन्द्रपुलमा रहेको अन्नपूर्ण प्याथ ल्याब (एपिएल) ले बुधबार देखि युरिक एसिड जाँच सित्तैमा गरिरहेको छ। युरिक एसिडसम्बन्धी रगत जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा विशेष छुट उपलब्ध गराएकाे छ।
एपिएलकी अध्यक्ष गीता कार्की पन्थले चैत महिनाभर छुट अफर सञ्चालन हुने जनाइन्। जाडो याममा खानपिन, भोजभतेरका कारणले युरिक एसिड, बाथका समस्या देखिने भएकाले योजना ल्याइएको उनको भनाइ छ।
ल्याबमा हर्माेन, भिटामिन, क्यान्सर मार्कर, फर्टिलिटी जाँच, खानपिन र वातावरणीय एलर्जीको जाँच, बाथसम्बन्धीका जाँच, स्वासप्रश्वासका परीक्षण, मुटुसम्बन्धी, कलेजोसम्बन्धी जाँच हुन्छ।
कमेन्ट गर्नुहोस्
