
पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ३ पोखरा खेतमा अवस्थित गंगे कुलमन्दिरमा कुलपुजा तथा श्रीमद् भागवत वाचन गरिएको छ।
साविक थुमाकोडाँडा गाविस हाल मादि गाउँपालिका वडा नं. ३ र ४ का हरेस्वारा, स्याँगे, पोखरा खेत र घाम्लुङका भारद्धाज गोत्रिय रानाभाट वन्धुहरुले हरेक ३/३ वर्षमा कुल पुजा गर्दै आएको पुजा संयोजक ज्यो. रुद्रप्रसाद रानाभाटले बताए।
कुल पुजाको साथमा वाचकी पं. विष्णु प्रसाद गौतम र उपवाचकी पं. शैलन्द्र रमण अधिकारी सहितको ब्राह्मणहरुद्धारा श्रीमद्भागवत, चण्डिपाठ, सत्यनारायण, रुद्री पुजा र होम गरिएको छ। कुलपुजामा प्रत्यक्ष ११० घरपरिवार भएतापनि नाता इष्टमित्रहरु हजारौंको संख्यामा उपस्थिति थिए।
कुलपुजा व्यवस्थित रुपमा सञ्चालन गर्न मादी- ३ का जनप्रतिनिधि तेजबहादुर रानाभाटको संयोजकत्वमा युवा परिचालन समिति, आर्थिक सङ्कलन समितिको संयोजकमा लेखनाथ रानाभाट र भोजन व्यवस्थापन समितिको संयोजकमा पितृराज रानाभाट रहेको बताइएको छ।
