जम्मु-कस्मिरदेखि लद्दाखसम्ममा भूकम्प, भत्किए घर

390
0
Share:

आज शुक्रबार बिहानै जम्मु-कस्मिरदेखि लद्दाखसम्म धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार कारगिलमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार शुक्रबार बिहान करिब २ः५० बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु १५ किलोमिटर गहिराइमा थियो। बिहानै भूकम्प हुँदा कारगिलमा सुतिरहेका मानिस आत्तिएका थिए।

भूकम्पले धेरै घरका पर्खाल तथा अस्थायी आवास भत्किएका छन्। कारमा प्लास्टर वा पर्खाल खसेर भाँचिएको धेरै तस्बिर सार्वजनिक भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: