सुनको मूल्य इतिहासकै उच्च, तोलाको १ लाख ७६ हजार नाघ्यो

Share:
GOld silver

काठमाडौँ । नेपाली बजारमा आजपनि सुनको मूल्यले नयाँरेकर्ड बनाएको छ। आज सुनको मूल्य नयाँ उचाई पुगेको हो।

सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो दिनपनि सुनको मूल्यले रेकर्ड बनाएको थियो। त्यसदिन सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएको छ।

कमेन्ट गर्नुहोस्
Share: