
काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक अपाङ्ग संघको समानान्तर समिति घोषणा भएको छ। महामन्त्री गगन थापा पक्षधर निर्देशक समितिका मधु आचार्य र अजयबाबु शिवाकोटीको संलग्नतामा एकपक्षीय निर्वाचन परिणाम घोषणा गरिएको भन्दै अरु दुई प्रत्यासीले समानान्तर समिति घोषणा गरेका हुन्।
गगन थापानिकट माधव चम्लागाई अध्यक्ष घोषित समितिलाई अवैध भन्दै सोमवार अध्यक्षका उम्मेदवार कल्पना खड्का विकास थापाले समानान्तर समिति घोषणा गरेका हुन्। उनीहरुले विकास थापाको नेतृत्वमा ३५ सदस्यीय समानन्तर समिति घोषणा गरेका हुन्।
शेखर कोइराला समूहका थापाको अध्यक्षतामा घोषणा भएको उक्त संघको उपाध्यक्षमा टेकप्रसाद आचार्य र उमादेवी घिमिरे रहेका छन्। त्यसैगरी महामन्त्रीमा अश्विन लम्साल र प्रकाश सिलवाल, कोषध्यक्षमा पर्वतराज विष्ट रहेका छन्।
