
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सबैलाई टुकुचामा गाडिदिने भन्दै सरकारलाई चेतावनी दिएका छन्। सोमबार राति फेसबुकमा एउटा स्ट्याटस पोस्ट गर्दै शाहले आक्रोश व्यक्त गरेका हुन्।
सरकारको दम्भले गर्दा काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब नपाएको उनको भनाई छ। उनले लखेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन। अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु। त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो !’’
कमेन्ट गर्नुहोस्
