
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमान घिसिङले बताएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ।
सरकारको उक्त निर्णयपछि कुलमानले यस्तो बताएका हुन्। उनले आफूले समाचार आएपछि यसबारे थाहा पाएको भन्दै सरकारको निर्णयविरुद्ध अदालत गएर न्याय खोज्ने बताए।
घिसिङले सरकारले राम्रो काम गर्दा गर्दै अनावश्यक आरोप लगाएर हटाएकाले एक पटक अदालत जाने बताए। उनले भने, ‘मैले पनि समाचारबाट थाहा पाएँ। मन्त्रीपरिषद्ले पदबाट हटाएको पत्र आउँछ होला। पत्र बुझेपछि अदालत जान्छु।’
कमेन्ट गर्नुहोस्
