
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारको वेबसाइट रुसी ह्याकर समूहले ह्याक गरेको छ। ह्याकरले हेलो सरकार वेबसाइटमा राखिएका संवेदनशील डेटाहरू डार्कवेबमा बिक्रीमा राखिदिएका छन्। जसमा ह्याकर समूहले एक हजार डलरमा पूरै डेटाबेस र १ हजार ३ सय डलरमा लाइभ सेल एक्सेस दिने उल्लेख गरेका छन्।
यस्तै ह्याकरले पर्सनल आइडेन्टीफिएबल इन्फरमेशन (पीआईआई) पनि राखिएदिएका छन्, जसमा नागरिकको नाम, इमेल, युजरनेम, मोबाइल नम्बर, पासवर्ड, डिभाइसको आइडी, फोटो, अफिसको आइडी, नेपालीमा रहेको नाम, ठेगानालगायतका सबै विवरण रहेका छन्।
कमेन्ट गर्नुहोस्
