
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारको गाडी राजावादीहरूले जलाएका छन्। भक्तपुरतर्फ गइरहेका परियारलाई राजावादीको समूहले बालकुमारीको सिसिआरसी कलेज अगाडि फेला पारेको थियो।
उनलाई उतारेर त्यहीँ गाडीमा आगजनी गरिएको परियारले जानकारी दिए। ‘म भक्तपुरतर्फ जाँदै थिएँ। उनीहरूले बालकुमारी पुलनजिकै प्रदर्शनकारीसँग जम्काभेट भयो। उनीहरूले मलाई उतारे। गाडीमा आगजनी गरे,’ परियारले भने।
उनले आफू सुरक्षित रहेको र भर्खर भक्तपुर आइपुगेको बताए। राजावादीको प्रदर्शन हिंसात्मक बन्दै गएपछि नेपाली सेनाले सडकमा तैनाथी बढाएको छ। लुटपाट, आगजनी र तोडफोड रोक्न सेनाले गस्ती गरिरहेको हो। अहिले नेपाली सेना तीनकुने, जडिबुटी क्षेत्रमा तैनाथ भएको छ।
कमेन्ट गर्नुहोस्
