नेप्सेका नवनियुक्त सिइओले आजदेखि जिम्मेवारी सम्हाल्ने

Share:

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो।

राजस्व सचिव दिनेशकुमार घिमिरेले मंगलबार उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।नवनियुक्त सिइओ चापागाईंले आज बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको नेप्सेले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: