
काठमाडौँ । मधेशकेन्द्रित सात दलले अलग्गै मोर्चा बनाएका छन्। मधेशकेन्द्रित विभिन्न ७ दलले ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका हुन्।
यो नयाँ मोर्चामा जनमत पार्टी, जनता समाजवादी पार्टी (नेपाल), जनता प्रगतिशील पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराई(मधेश लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टी समेटिएका छन्।
संविधान संशोधनलगायतका विषयमा साझा धारणा बनाउन मधेशकेन्द्रित दलहरूले अलग्गै मोर्चा बनाएका हुन्।
मधेशी दलले यसअघि नै मोर्चा घोषणाका लागि कार्यदल बनाएर दस्तावेज लेखेका थिए। मोर्चाको नेतृत्व समाजवादी मोर्चामा जस्तै आलोपालो गर्ने सहमति गरिएको छ।
कमेन्ट गर्नुहोस्





