डुम्रे-बेँसीसहर सडकमा बस पल्टिँदा २० यात्रु घाइते, चार जनाको अवस्था गम्भीर

Share:

तनहुँ । जिल्लाको डुम्रे-बेँसीसहर सडकखण्डमा आज बस पल्टिँदा २० जना यात्रु भएका छन्। डुम्रे बजारदेखि लमजुङ बेँसीसहरतर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस भानु नगरपालिका-१ मोहरिया अनियन्त्रित भई पल्टिएको हो।

प्रहरीका अनुसार घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेका छन्। उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य बाँकी सोह्र जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: