
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश गरेको छ।
जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश शुक्रबार गरेको हो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधशी रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो।
त्यसैगरी बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिएका उनका साझेदार एवम् पूर्वडीआईजी छविललाई जोशीलाई पनि अदालतले थुनामा पठाउने आदेश दिएको छ।
यसअघि रविलाई कास्की, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएका थिए। उता छविलाई भने रुपन्देही जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको थियो।
कमेन्ट गर्नुहोस्
