
पोखरा । पोखरा १२ पुरानोधारामा रहेको आर्दश समाज सामाजिक संस्थाको अध्यक्षमा इन्दिरा भण्डारी कोइराला सर्वसम्मत निर्वाचित भएकी छिन्।
संस्थाको ४६औं साधारणसभा तथा १७ औं अधिवेशनले संस्थाको उपाध्यक्षमा सुमित्रा कोइराला सचिवमा शान्ता कोइराला कोषाध्यक्षमा अमृत शर्मा सहसचिवमा रोशनी कोइराला सहकोषाध्यक्ष शान्ता कोइराला सदस्यहरुमा शिव प्रसाद कोइरला सारदा कोइराला धुर्वनाथ कोइराला मधुसूदन कोइराला सुमन कोइराला चयन भएका हुन्।
निर्वाचन समितिको संयोजकमा शम्भुराज बास्तोला तथा सदस्यहरूमा शिव प्रसाद कोइराला र बसन्तराज कोइराला रहेका थिए।
संस्थाका अध्यक्ष लक्ष्मी कोइरालाको अध्यक्षतामा सम्पन्न भएको साधारणसभा तथा अधिवेशन कायक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष इन्दिरा कोइरालाले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सुमित्रा कोइरालले गरेकी थिइन्।
