केपी ओली कप : गण्डकी हिरोज र हिमालयनको जित

Share:

पोखरा। पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले आ-आफ्नो खेलमा जित हासिल गरेका छन्। मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन समूह ‘बी’ तर्फका दुई खेल सम्पन्न भए।

मंगलबारको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले गे्रट हिमालयन क्रिकेट एकेडेमीमाथि दुई विकेटको जित हासिल गरेको छ। १६३ रनको विजयी लक्ष्य पाएको हिमालयन क्रिकेट एकेडमीले १९.२ ओभरमा आठ विकेट गुमाउँदै १६७ रन बनाउँदै जित हासिल गर्‍यो।

हिमालयनका ओपनर दिपक बोहोरा ‘बी’ ले ३३ रनको योगदान दिदै क्याच आउट भए। खडक बोहोरा १९ मा क्याचआउट र प्रतिश जिसी १० रनमा बोल्ड भए। सोनु देवकोटा ३६ रनमा नटआउट रहे। प्रकाश जैसी १४ रनमा आउट हुँदा दिपक चन्द २७ रनमा नटआउट रहे।

ग्रेट हिमालयका सन्दीप पराजुली, किरण बुढायर र इशान पाण्डेले दुई/दुई तथा चन्द्रकान्त पौडेल र रुपेश कुमार श्रीवास्तबले समान विकेट लिए। त्यसअघि टस हारेर व्याटिङ थालेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले २० ओभरमा नौ विकेट गुमाउदै १६२ रन बनाएको थियो।

हिमालयका अभिषेक थापा ४२ रनमा नट आउट रहे। ओपनर इशान पाण्डे १४ रनमा क्याच आउट भए। कृष कार्की १६ रनमा क्याच आउट भए। उत्तम रंघु थापा मगर १७ रनमा क्याच आउट भए। अशोक पौडेल ३७ रन बनाउदै क्याच आउट भए।

हिमालय क्रिकेट एकेडेमीका लागि प्रतिश जिसी, प्रकाश जैशी, दिपक बोहोरा र सुवास खत्रीले समान दुई विकेट लिए। दिपक चन्दले १ विकेट लिए। उक्त खेलको प्लेयर अफ दी म्याच हिमालयनका दिपक चन्द घोषित भए।

दोस्रो खेलमा गण्डकी हिरोजले चितवन क्रिकेट क्लबमाथि चार विकेटको जित हासिल गरेको छ। १३६ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १३.३ ओभरमा ६ विकेट गुमाउँदै १३९ रनका साथ लक्ष्य पूरा गर्‍यो।

ओपनर सक्वि हुकले ४२ रनको योगदान दिदै क्याच आउट भए। उनले २० बलमा ६ चौका र २ छक्का प्रहार गरे। अर्जुन कुमालले ३७ रनको योगदान दिदैँ बोल्ड आउट भए। दिपक डुम्रे १८ रनमा बोल्ड भए। चितवनका लागि दिपेश श्रेष्ठले सर्वाधिक तीन विकेट लिए पनि टोलीलाई जित दिलाउन भने सकेनन्। यस्तै किरण गुरुङ, कमल परियार र प्रतिक श्रेष्ठले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङमा आएको चितवन क्रिकेट क्लबले २० ओभरमा नौ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। ओपनर आसुतोस घिरैया १६ रनमा रनआउट भए। गोविन्द विक १२ रनमा रनआउट भए। विवेश रानामगर १६ रनमा क्याचआउट भए। प्रतिक श्रेष्ठले ३९ रन बनाउँदै क्याचआउट भए। गौतम केसी १२ रनमा एलबीडब्लू आउट भए।

गण्डकी हिरोजका सुदिप अर्यालले दुई तथा विपिन खत्री, कृष्ण पोडेल, नारायण जोशी, मिलन बोहोराले समान १/१ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच गण्डकी हिरोजका सक्वि हुक घोषित भए।

कमेन्ट गर्नुहोस्
Share: