
पोखरा । पोखरा महानगरपालिका-९ स्थित पृथ्वीचोकमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ। ग १६ प २०७५ नम्बरको स्कुटरलाई ना ५ ख ६२२२ नम्बरको ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा स्कुटरमा सवार पोखरा चाउथेका ५३ वर्षीय शिवराज कँडेलको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा निधन भएको कास्की प्रहरीले जनाएको छ। उक्त स्कुटर चलाइरहेकी २३ वर्षीया सुस्मिता कँडेल घाइते भएकी छन्। प्रहरीका अनुसार उनको हात र घुँडामा चोट लागेको छ।
दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
