दुर्गा प्रसाईँ भारतमा पक्राउ, नेपाल ल्याइँदै

243
0
Share:

तीनकुनेमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोप लागेका चर्चित व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्।

नेपाल प्रहरीको उच्च स्रोतका अनुसार हालै भारतीय प्रहरीले विशेष सहयोग गरेर उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेपछि उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

तीनकुने घटनापछि प्रसाईमाथि सार्वजनिक सम्पत्ति तोडफोड र उक्साहटसम्बन्धी अभियोग लगाइएको थियो। उनीमाथि चलिरहेको अनुसन्धानका क्रममा प्रहरीले धेरैपटक खोजी गरे पनि उनी सम्पर्कविहीन थिए।

अहिले भारतबाट पक्राउ परेका प्रसाईलाई नेपाल फर्काएर कानुनी कारबाही अघि बढाउने तयारी भइरहेको प्रहरी स्रोतको भनाइ छ।

आज साँझ आसाम प्रहरीसमक्ष उनले आत्मसमर्पण गरेका हुन्। आसाम प्रहरीले आजै राति झापाको काँकडभिट्टासम्म ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने स्रोतले जनाएको छ ।

उनले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको वा नेपाल प्रहरीको अनुरोधमा पक्राउ गरिएको भन्ने स्पष्ट हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
Share: