
दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान व्यवस्थाबाट नै देशलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुको विकल्प नभएको बताएका छन्।
उनले व्यास नगरपालिकाको आज दमौलीमा आयोजित ३३ औँ स्थापना दिवस कार्यक्रममा तीनवटै तहका सरकारको सहकार्यमा देश विकास सम्भव रहेको बताएका हुन्।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहनाअनुरुप स्थापना भएको दाबी गरे । उनले भने, ‘तीनवटै सरकारले सहकार्य गरेर जानुपर्छ । सहकार्य गरेर गयो भने देशको विकास हुन समय लाग्दैन् । मुलुकको विकास गर्न सबैले हातेमाले गर्नु आवश्यक छ ।’
उनले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था त्यसविरुद्ध जाने जोकोही सजायको भागीदार हुने बताए। लामो सङ्घर्ष र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध जानेलाई कारबाही गरिने उनको चेतावनी छ।
