
कास्की | पोखरा महानगरपालिका वडा नं २६ ले एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विभिन्न प्रविधि सम्बन्धी निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ। डिजिटल दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम कार्यक्रम ल्याइएको वडा अध्यक्ष नरेन थापाले जानकारी दिए।
वडाध्यक्ष थापाका अनुसार तालिममा ‘रोबोटिक्स एन्ड प्रोग्रामिङ’, ‘भिडियो एडिटिङ’, ‘कन्टेन्ट क्रियसन’, ‘ग्राफिक्स डिजाइनिङ’, ‘व्यक्तित्व विकास’ र ‘प्रोग्रामिङ इन पाइथन’ जस्ता शीर्षक समेटिने छन्।
इच्छुक विद्यार्थीहरूले यसै हप्ताभित्र वडा कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरिएको उनले बताए। “आवेदन सङ्ख्या हेरेर तालिमको मिति र स्थान निर्धारण गरी छिट्टै सञ्चालन गर्ने योजना बनाएका छौं,” अध्यक्ष थापाले भने।
