चौंथो मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता भोलीदेखि

Share:

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ। आयोजक संघले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।

प्रतियोगितामा ८, ९, १०, १२, १४ र १६ वर्षमुनि ब्वाइज तथा गल्सतर्फ सिंगल, डबल्स गरी विभिन्न १४ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोक गुरुङले पत्रकार सम्मेलनमा बताए।

१६ वर्ष सिंगलतर्फ विजेताले नगद १५ हजार तथा उपविजेताले नगद ७ हजार ५ सय सहित मेडल प्राप्त गर्ने छन। ब्वाइज तथा गल्र्स ओपन डबल्सतर्फ विजेताले नगद १० हजार उप विजेताले ५ हजार सहित मेडल प्राप्त गर्ने आयोजक संघका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए।

१४ वर्ष सिंगलतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ सहित मेडल प्राप्त गर्ने छन।१२ वर्ष सिंगलतर्फ विजेताले नगद ८ हजार तथा उपविजेताले नगद ४ सहित मेडल प्राप्त गर्ने छन। ८, ९ र १० वर्ष मुनि ब्वाइज तथा गल्र्स सिंगल्स विजेता तथा उपविजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्ने छन ।

प्रतियोगिता सम्पन्न गर्न झण्डै ४ लाख खर्च लाग्ने संघ कास्कीका अध्यक्ष भिष्मराज पौडेलले बताए। पोखरामा खेल पर्यटन प्रवद्र्धन गर्न पनि प्रतियोगिता महत्वपूर्ण सावित भएको उनले बताए।

प्रतियोगितालाई कुमार मोहनबहादुर शाहीले मुख्य प्रायोजन गरेको छ। प्रतियोगितामा पोखरा सहित काठमाडौँ, चितवन, बुटवलका खेलाडीहरुले भाग लिने टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए।

पत्रकार सम्मेलनमा बोल्दै संघ कास्कीका सदस्य प्रिति बरालले यो प्रतियोगिताले नवप्रतिभाशालि खेलाडीको प्रतिभा प्रस्फुटनमा मद्धत पुग्ने बताए। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेलले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दैसञ्चार क्षेत्रले पनि सहयोग गर्नुपर्नेमा जोड दिए।

 

कमेन्ट गर्नुहोस्
Share: