शिक्षक आन्दोलनले हाम्रो रोजी रोटी गुम्यो- यातायात व्यवसायी

Share:

काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय व्यवसायी महासंघले शिक्षकहरूले जारी राखेको आन्दोलनका कारण यातायात मजदुरको रोजीरोटी ठप्प भएको जनाएको छ।

महासंघले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो। शिक्षकहरूको जारी आन्दोलनले बाटो अवरुद्ध हुँदा आफ्नो व्यवसायमा असर परेको भन्दै र आफ्नो अधिकारका विषयमा माग राख्दा अरूको अधिकार वञ्चित नगर्न पनि महासंघले आग्रह गरेको छ।

महासंघका महासचिव भरत नेपालले जारी गरेको विज्ञप्तिमा शिक्षकहरूको निरन्तरको आन्दोलनले सडक अवरुद्ध भइ व्यवसाय हुन नसकेकोप्रति आपत्ति जनाउँदै सरोकारवाला समक्ष गम्भीर रूपमा ध्यान दिन उल्लेख गरिएको छ।

करिब दुई हप्तादेखि शिक्षकहरूले आफ्ना माग पूरा गराउन भन्दै आन्दोलन गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: