माझठाना पोखरा सम्पर्क समाजमा शारदा सर्वसम्वत चयन

Share:

पोखरा । माझठाना पोखरा सम्पर्क समाजको आठौ साधारण सभा एवम् पाँचौ अधिवेशनले शारदा लामिछानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ। दुई बर्षे कार्यकाल रहेको सो समाजको प्रथम उपाध्यक्ष रामकृष्ण तिवारी, द्धितीय उपाध्यक्षमा नरेश तिवारी, सचिव विष्णुहरि तिवारी,कोषाध्यक्ष बद्रिनाथ भुर्तेल, सहसचिव सुमनबाबु अधिकारी, सहकोषाक्ष धनकुमारी भुर्तेल रहेका छन्।

यसैगरी सदस्यहरुमा राधिका भुर्तेल, विनोद तिवारी, हरिप्रसाद कडेल, सूर्यराज चपाई, रामप्रसाद कोइराला, विरेन्द्रराज भुर्तेल,हरिमाया तिवारी, लक्ष्मण बास्तोला,चिरन्जिवि भुर्तेल, राजेन्द्रप्रसाद तिवारी, कृष्णबहादुर भुजेल र विष्णुप्रसाद कँडेल चयन भएका छन्। प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ्गले अधिवेशनको उद्घाटन गर्दै जनताको वलले प्राप्त उपलव्धिको रक्षा गर्दै समग्र विकास निर्माणमा जुट्न आग्रह गरे।

समाजले सामाजिक, आर्थिक, शैक्षिक एवम् स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उनले यसको विकासमा आ-आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष एवम् समाजका सदस्य वैन बहादुर गुरुङ्गलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो। कार्यक्रममा समाजद्धारा प्रकाशित नयाँ बर्ष २०८२ को क्यालेन्डर समेत विमोचन गरिएको थियो। सो अवसरमा क्यान्सररोग पिडीत रतन परियारको उपचारार्थ ५८ हजार ५१७ रुपैया नगद सहयोग गरिएको थियो।

समाजका अध्यक्ष भोलानाथ ओझाको अध्यक्षतामा भएको कार्यक्रममा भुमि आयोग कास्कीका अध्यक्ष बैनबहादुर गुरुङ, पोखरा २८ का वडाअध्यक्ष एवम् समाज संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, सल्लाहकारहरु ऋषिराम लामिछाने, तोयनाथ लामिछाने, दयाराम तिवारी, दर्गादत्त भुर्तेल, डा. मान बहादुर के।सी, सुर्य तिवारी, हरिप्रसाद बास्तोला, टुकाराम लामिछाने,खिमबहादुर गुरुङ लगायतले संस्थाले खेल्दै आएको भूमिका माथि प्रकाश पारेका थिए।

साविक माझठानाबाट पोखरामा आई विभिन्न पेशा व्यवसायमा संलग्नहरुको साझा समाजको सो कार्यक्रममा सचिव नरेश तिवारीले सांगठानिक र कोषाध्यक्ष विष्णुहरि तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: