शिक्षामन्त्रीलाई हामीले दोष लगाएका छैनौं: शिक्षक महासंघकी सहअध्यक्ष पराजुली

Share:

काठमाडौँ । नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले आफूहरू शिक्षामन्त्री र प्रधानमन्त्रीको राजीनामा माग्न नआएको बताएकी छिन्।

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि सहअध्यक्ष पराजुलीले छोटो प्रतिक्रिया दिँदै विद्यालय शिक्षा ऐन जारी नहुनुमा शिक्षामन्त्रीको दोष नरहेको पनि बताइन्।

‘शिक्षामन्त्रीलाई हामीले दोष लगाएका छैनौं। उहाँ सरल र गम्भीर हुनुहुन्थ्यो। असाध्य सकारात्मक र शिक्षकको माग सम्बोधन गर्ने सोचमा हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘यतिको सालिम मन्त्री अब आउनु हुन्छ भन्ने लाग्दैन। सरकारसँग के भएर राजीनामा दिनुभयो थाहा भएन।’

कमेन्ट गर्नुहोस्
Share: